१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १३ मंगलबार
  • Monday, 12 May, 2025
२o८o चैत १३ मंगलबार १२:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छात्रवृत्ति दिएर लोकसेवा पढाउँदै शे–फोक्सुन्डाे गाउँपालिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १३ मंगलबार १२:o५:oo

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डाे गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको छ । एसइई  र कक्षा १२ मा साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका बासिन्दालाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिका कोषबाट छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको हो ।

निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्वन्द्वपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए ।

१५ दिने सूचना खोलेर आवेदन खोलिएकाले उत्तीर्ण गरेको तहमा ल्याएको अंक तथा ग्रेडका आधारमा छात्रवृत्तिका लागि छनोट गरिने शर्माले बताए ।गाउँपालिकाको कार्यविधिअनुसार राम्रो ग्रेड ल्याएका २७ जना व्यक्तिलाई मात्र छात्रवृत्तिका लागि छनोट गरिने उनको भनाइ छ ।

प्रथम र दोस्रोपत्रको तयारी गरुञ्जेल लाग्ने खर्च सबै गाउँपालिकाले व्यहोर्ने बताइएको छ । गाउँपालिकाले अघिल्लोपटक पनि छात्रवृत्ति दिएर लक्षित वर्गलाई लोकसेवा पढाएको थियो । दुर्गमबाट पनि निजामती सेवामा प्रवेश गर्ने मौकासँगै आफ्नो भविष्य बनाउन चाहाने विद्यार्थीका लागि सुनौलो अवसरसमेत भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यस्तो कार्यको सबैले प्रशंसासमेत गरेका छन् ।