१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार ११:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

स्वस्थ जीवनको रहस्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:३१:oo

एक ८० वर्षीय वृद्ध निकै स्वस्थ र फुर्तिला देखिन्थे । मानिसहरू उनको स्वस्थ जीवनको रहस्य जान्न प्रश्न सोधिरहन्थे । तर, उनी भने मुसुक्क हाँसेरै टारिदिन्थे । उनको स्वास्थ्य स्थितिको चर्चा राजाले पनि सुने । उनले आफ्ना गुप्तचरलाई वृद्धका गतिविधिमाथि निगरानी गर्न लगाए । 

एक बिहान गुप्तचरहरूले वृद्ध घरबाट निस्किएर कतै जाँदै गरेको देखे । उनीहरू पनि पछि लागे । वृद्ध छिटोछिटो हिँडिरहे । कैयौँ माइलको यात्रापछि वृद्ध एक पहाड चढ्न थाले । गुप्तचरहरू त्यहीँ बसेर उनको प्रतीक्षा गर्न थाले । केहीबेरमा वृद्ध फर्किए । वृद्ध गोलो आकारका ससाना रातो रङका फल खाँदै पनि थिए । गुप्तचरले राजालाई यही सूचना दिए । 

राजाले आफ्ना सेवकलाई सो पहाडमा गएर रहस्यमय फल खोज्ने आदेश दिए । तर, उनीहरूले त्यस्तो कुनै फल भेटेनन् । राजाले वृद्धलाई दरबारमा हाजिर गराउने आदेश दिए । वृद्धलाई राजाले भने– वृद्धावस्थामा पनि तपाईंलाई यति स्वस्थ देख्दा खुसी लाग्यो । म तपाईंको स्वस्थ जीवनको रहस्य जान्न चाहन्छु । वृद्धले भने– महाराज म हरेक दिन एक पहाडमा चढेर एक रहस्यमयी फल खान्छु । मेरो स्वास्थ्यको रहस्य त्यही हो । राजाले भने– हामीलाई पनि पहाडमा लगेर त्यो रहस्यमयी फल देखाउनुहोस् न त । वृद्धले सहमति जनाए । सबै उनको पछि लागे । पहाडको टुप्पामा पुगेपछि उनले एक फललाई देखाउँदै भने– महाराज, म नित्य यही फल सेवन गर्छु । उनले रुखबाट टिपेर राजालाई पनि एक मुठी फल दिए । यथार्थमा त्यो कुनै रहस्यमयी फल थिएन, मामुली बयर थियो । 

यो देख्दा राजा क्रोधित भए । उनले भने– तपाईं हामीलाई मूर्ख सम्झिँदै हुनुहुन्छ ? यस्तो मामुली बयर पनि रहस्यमयी फल हुन्छ ? दुनियाँले यसलाई सेवन गर्दै आएका छन् तर ती त तपाईंजस्ता स्वस्थ छैनन् त ? वृद्धले विनम्रतापूर्व भने– महाराज, मानिसले हरेक दिन बयर खान्छन् तर म बयर खान धेरै मिहिनेत पनि गर्छु । हरेक दिन १० माइल पैदल यात्रा गर्छु र बयर सेवन गर्छु । यहाँको स्वच्छ हावापानीले मेरो स्वास्थ्य बिग्रिन दिएन र म स्वस्थ रहेँ । वृद्धको कुरा सुनिसकेपछि राजाले उनलाई सम्मानित गरे र देशका जनतालाई शारीरिक श्रम गरी स्वस्थ रहन सल्लाह दिए ।

ad
ad