१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ पौष २७ बुधबार १०:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अदानचुलीमा राजनीतिक भागबन्डामा कर्मचारी नियुक्ति  

Read Time : < 1 मिनेट
२०७९ पौष २७ बुधबार १०:४४:००

अदानचुली गाउँपालिकामा कर्मचारी नियुक्तिमा राजनीतिक भागबन्डा भएको तथ्य फेला परेको छ । ०७९ साल साउन २० गते बसेको सत्तागठबन्धन रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच कर्मचारी भागबन्डा गर्ने  निर्णय भएको तथ्य फेला परेको हाे ।

मानबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृत एकीकृत समाजवादीले सातौँ तहको ल्याउने र सातौँ तहको नआउन्जेलसम्मका लागि नेकपा माओवादी केन्द्रले सिफारिस गर्न निर्णय गरिएको तथ्य फेला परेपछि विवाद भएकाे छ ।

अहिले कार्यपालिका बैठकले उपाध्यक्षनिकट स्वास्थ्य संयोजक हंश महतारालाई नियुक्ति गरेको छ। तीनदलीय गठबन्धनको निर्णय इन्जिनियरमा नेपाली कांग्रेस, सूचना अधिकारीमा एकीकृत समाजवादी, कृषिमा नेपाली कांग्रेस र भेटेरेनरी शाखामा समाजवादी, स्वास्थ्य शाखामा कांग्रेस र शिक्षा शाखामा माओवादी केन्द्रले कर्मचारी राख्ने निर्णय गरिएको छ । तीनदलीय गठबन्धनले बहानाबाजी गरी गोरखापत्रमा कर्मचारी पद परिपूर्तिमा विज्ञापन माग गरेको थियो ।

भागबन्डामा नेपाली कांग्रेसले १४, माओवादी केन्द्रले २३ र एकीकृत समाजवादीले १४ सिट  कर्मचारी नियुक्ति भागबन्डा गर्न निर्णय भएको तथ्य सार्वजनिक भएसँगै गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पक्षबीच विवाद चुलिएको छ ।