मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
यातायात कार्यालय कुमारीगालमा सेवाग्राहीको भिड । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०७९ पौष २७ बुधबार ०७:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यातायात कार्यालयमा पनि सर्भर बिग्रिएर हैरानी

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ पौष २७ बुधबार ०७:३३:००

सर्भरमा समस्या देखिएको भन्दै फर्काइन्छ सेवाग्राही, उपत्यकाभित्र एकान्तकुना र कुमारीगालमा बढी सास्ती 

यातायात व्यवस्था विभागले अहिले चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन अनिवार्य गरेको छ । त्यहाँ जानुपूर्व सबैले अनलाइन फाराम भरेर यातायात कार्यालय पुग्छन् । त्यसपछि बायोमेट्रिक हुन्छ । बायोमेट्रिक सकिएको भोलिपल्ट लिखित परीक्षा लिन्छ । त्यसको तीन दिनपछि ट्रायल दिन पाइन्छ । तर, ट्रायलसम्मको प्रक्रियामा पुग्न सेवाग्राहीले यातायात कार्यालयमा अनेकन सास्ती र झन्झट खेप्छन् ।

सधैँजसो भिडभाड हुने यातायात कार्यालय कुमारीगालमा मंगलबार पनि उस्तै भिड देखिन्थ्यो । सेवाग्राही धकेलाधकेल हुँदै लामबद्ध थिए । तर, पटकपटक सर्भरमा समस्या आएको भन्दै कार्यालयले मंगलबार पनि दुई घन्टा सेवा बन्द ग¥यो । धादिङदेखि लाइसेन्स बनाउन कुमारीगाल आएका उमेश अधिकारी चार दिनदेखि यातायात कार्यालय धाइरहेका छन् । साइबरबाट अनलाइन फाराम शुक्रबारदेखि कार्यालय आएका उनको मंगलबार मात्रै बायोमेट्रिकको काम सकियो । यसअघि उनलाई पनि सर्भर बिग्रिएको भन्दै कार्यालयका कर्मचारीले फर्काए । 

उपत्यकामा सबैभन्दा बढी भिडभाड हुने यातायात कार्यालय एकान्तकुना र यातायात कार्यालय कुमारीगाल हो । कुमारीगालमा अहिले सेवाग्राहीको अत्यन्तै चाप देखिन्छ । यसअघि यो कार्यालय चाबहिलमा थियो । तर, त्यहाँ साँघुरो भएपछि नयाँ ठाउँमा सरेको कार्यालयमा सेवाग्राहीले दिनहुँ हैरानी खेप्ने गरेका छन् । कार्यालयले लिखित जाँचभन्दा अघिको प्रक्रियालाई सहज नबनाउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । आँखा जाँच, ब्लड ग्रुप जाँचलगायत बायोमेट्रिकसम्बन्धी सेवा प्रवाहमा सुस्तता हुँदा सेवाग्राहीले पालो पाउन ढिलो हुने गरेको छ । त्यस्तै, पछिल्लो एक महिनायता विभागको सर्भरमा समस्या आएपछि दिनभरि लाइनमा बसेका सेवाग्राही व्यर्थै फर्किनुपरेको छ । 

कार्यालयका प्रमुख विष्णु भट्टराईले सेवाग्राहीको भिडभाड बढी हुनुलाई स्वाभाविक लिनुपर्ने बताए । ‘अहिले लाइसेन्स लिन आउनेको संख्या थेगिनसक्नु छ, हामीकहाँ सीमित कर्मचारी र संरचना छ,’ उनले भने, ‘त्यसकारण भिड हुनु स्वाभाविक पनि हो ।’ तर, उनले विभागको सर्भर कुनै–कुनै वेला मात्र बिग्रिएको बताए । कार्यालयले यातायात व्यवस्था विभागकै सर्भर प्रयोग गर्छ । तर, विभागका महानिर्देशक टोकराज पाण्डेले सर्भरमा समस्या नआएको बताए । ‘विभागअन्तर्गतका कार्यालयहरूले विभागकै सर्भर प्रयोग गर्छन्, तर विभागको सर्भर त्यसरी बिग्रँदैन,’ उनले भने ।