Skip This
रेशम चौधरीलाई प्रक्रिया पुर्याएर रिहा गरिनेछ : प्रधानमन्त्री
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रेशम चौधरीलाई प्रक्रिया पुर्याएर रिहा गरिनेछ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१८:oo

प्रधानमन्त्री प्रचण्डले कारागारमा रहेका रेशम चौधरीलाई प्रक्रिया पुर्याएर रिहा गर्ने बताएका छन्। विश्वासको मतमाथिको प्रस्तावमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले रेशमलगायत त्यस्तै प्रकृतिका अन्य कैदीहरूलाई रिहा गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

त्यसअघि प्रस्तावमाथिको छलफलमा भाग लिँदै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सो विषय उठाएकी थिइन्। प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिए पनि विपक्षमा रहने भन्दै उनले रेशम चौधरीको रिहाइको कुरा कार्यान्वयन हुने नहुने हेरेर बसेको बताएकी थिइन्। 

त्यसमा जवाफ दिँदै प्रचण्डले भने, ‘रेशम चौधरीजीको विषय अलि अप्ठ्यारो र जटिल छ। तर, उहाँसहित अन्य निर्दोषहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर रिहाइ गर्ने कुरा विश्वास व्यक्त गर्छु।’