Skip This
हामीलाई दया होइन, न्याय चाहिएको छ : रञ्जिता श्रेष्ठ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हामीलाई दया होइन, न्याय चाहिएको छ : रञ्जिता श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४९:oo

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सरकारलाई विश्वासको मत दिए पनि सरकारमा नजाने बताएकी छिन्।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मतको प्रस्तावको छलफलमा सहभागी हुँदै उनले रेशम चौधरीलगायतको रिहाइ नभएसम्म प्रतिपक्षमै बस्ने अडान दोहोर्‍याएकी हुन्। टीकापुरवासीलाई दया नभएर न्याय दिनसमेत उनले माग गरिन्।

‘टीकापुर घटना भइरहँदा घाइतेलाई उद्धार गरेर अस्पताल पुर्‍याइरहेकाहरू, कपाल काटिरहेकाहरू, तरकारी बेचिरहेकाहरू अनि रिक्सा चलाइरहेकाहर र स्कुल पढाइरहेकाहरू किन जेलमा छन् ? उत्तर चाहिएको छ,’ उनले भनिन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्याय दिलाउने प्रतिबद्धताकै कारण उन्मुक्ति पार्टीले विश्वासको मत दिन लागेको प्रस्ट पारिन्।