१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १४:३६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनीको मुख्यमन्त्रीका लागि आज एमालेका गिरीले दाबी पेस गर्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरीले आज दाबी पेस गर्ने भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले दिएको समय भोलि बुधबार अपराह्न ४ बजे सकिने भए पनि गिरीले आजै दाबी पेस गर्न लागेका हुन्।

लुम्बिनी एमालेको भागमा परेसँगै सोहीअनुसार दाबी पेस गर्न लागिएको सत्तापक्ष गठबन्धन दल राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता आशिषकुमार चौधरीले बताए। ‘आज २ बजे सत्तापक्ष गठबन्धनको बैठक बस्दै छ,’ उनले भने, ‘बैठकपछि ४ बजे दाबी पेस गर्ने कुरा छ।’

प्रदेशमा एकल बहुमत कुनै पनि पार्टीको नभएपछि प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गर्न आह्वान गरेका थिए। केन्द्रको गठबन्धनअनुसार लुम्बिनीमा पनि एमालेसहित माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति, जनमत र जसपाले समर्थन गरेका छन्।

त्यस्तै तीनजना स्वतन्त्र सांसदमध्ये रोल्पा १ (२)बाट निर्वाचित दीपेन्द्रकुमार पुन केही दिनअघि माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने अन्य दुईजना स्वतन्त्र सांसदले पनि सत्तापक्ष गठबन्धनलाई नै सघाउने बताएका छन्। रुकुमपूर्व १(१)बाट निर्वाचित स्वतन्त्र सांसद सुरल पुन र नवलपसारी पश्चिम २(१)बाट निर्वाचित खड्ग बस्नेतले पनि सत्तापक्ष गठबन्धनलाई सघाउने बताएका हुन्।

प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो। उसका २९ सांसद छन् भने माओवादीका १० (दीपेन्द्र पुनसहित), राप्रपा र नागरिक उन्मुक्तिका चार–चार, जनमत पार्टीका तीन र जसपाका तीन रहेका छन्। गिरीलाई मुख्यमन्त्रीका लागि ५५ सांसदको समर्थन रहनेछ भने प्रतिपक्षमा कांग्रेसका २७, लोकतान्त्रिक समाजवादी पार्टीका तीन, जनमोर्चा र एकीकृत समाजवादीका एक–एक सांसद रहनेछन्।

लुम्बिनीमा ८७ सांसद छन् । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ।