१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:१८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि विश्वासको मत दिने भएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । 

प्रतिनिधिसभामा चार सांसद रहेको लोसपाको केही दिनअघि बसेको कार्यकारिणी समितिको बैठकले विश्वासको मतसम्बन्धी निर्णय लिन पार्टी अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिएको थियो । 

आज बसेको दलको बैठकमा ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय सुनाएका हुन् । 

ad
ad