१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ पौष २६ मंगलबार ११:२१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल एसबिआईको लाभांश पारित

Read Time : < 1 मिनेट
२०७९ पौष २६ मंगलबार ११:२१:००

नेपाल एसबिआई बैंक लिमिटेडले सेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकले पारित गरेको कुल चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकको २९औँ साधारणसभाले पारित गरेको हो । 

साधारणसभाले बैंकको आव ०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त ०७९ को वासलात, आव ०७८/७९ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरूसमेत) पारित गरेको जनाइएको छ । 

साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड’को आव ०७८/७९ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको उल्लेख छ । त्यस्तै, आव ०७९/८० मा बैंकको लेखापरीक्षण गर्नका लागि मेसर्स एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक अनुमोदन गरेको जनाइएको छ । सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा–नियममा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ । 

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्थाहरू मर्जर वा एक्विजिसन गर्ने–गराउने सम्बन्धमा आवश्यक काम गर्न–गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको जनाइएको छ ।