१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २६ मंगलबार १o:५३:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दाँतलाई डिस्कलर हुन नदिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार १o:५३:oo

नियमित रूपमा दाँत सफा नगर्दा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । किरा लागेर दाँत बिग्रन सक्छ । गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । त्यसैले दाँत सफा राख्न हामीले विशेष ध्यान पुर्‍याउनुपर्छ । 

सुर्तीजन्य पदार्थबाट टाढा रहनुस्
सुर्तीजन्य पदार्थ, जस्तै– पानपराग, खैनी पनि हानिकारक छ । यसले दाँतलाई डिस्कलर गर्छ । छालाको क्यान्सर हुन सक्ने सम्भावना पनि हुन्छ । त्यसैले सुर्तीजन्य पदार्थबाट टाढा रहनुपर्छ । 

गुलियो कम खानुस् 
गुलियो खानेकुरा खाँदा मुखमा एसिड बढ्छ र त्यसले ब्याक्टेरिया उत्पादन गर्छ । दाँतमा हुने ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ र अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ । गिजामा इन्फेक्सन भयो भने शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । मिठाई, चकलेटलगायत गुलिया कुरा कम खानुस्, खाएपछि मुख कुल्ला गर्न नबिर्सनुस् । 

दुईपटक ब्रस गर्नुस् 
खाना खाएपछि बिहान–बेलुका ब्रस अनिवार्य गर्नुपर्छ । दाँत माझ्दा नरम ब्रस प्रयोग गर्नुपर्छ । फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्दा अझ राम्रो हुन्छ । बजारमा विभिन्न थरीका मञ्जन पाइन्छन्, तर फ्लोराइड भएको मञ्जन नै प्रयोग गर्नुपर्छ । ब्रस गर्ने आफ्नै विधि हुन्छ । प्रायः ब्रस गर्दा अगाडि–पछाडि घोट्ने गरिन्छ । त्यसरी घोटेर गर्नुहुँदैन । माथिल्लो भागको दाँत माझ्दा ब्रसलाई माथितिर र तल्लो भागमा माझ्दा तल्तिर फर्काएर गर्नुपर्छ । दाँतका सबै भागमा ब्रस गर्नुपर्छ ।