१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २६ मंगलबार o९:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार o९:५४:oo

एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिन लागेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनले आफ्नो पार्टीले राखेका एजेन्डा पूरा नगरे कुनै पनि वेलामा समर्थन फिर्ता लिने गरी विश्वासको मत दिने बताए । पार्टीले राष्ट्रियता, सुशासन, देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त कदम, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ताजस्ता राष्ट्रिय संवेदनशील विषयमा सरकारले आवश्यक काम गर्नुपर्ने सर्त राखेको खतिवडाले बताए ।  

उनले भने, ‘हाम्रो केन्द्रीय सचिवालयको बैठकले सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । अहिले विश्वासको मत दिइन्छ, हाम्रा एजेन्डाहरू राखिनेछन् । ती एजेन्डा पूरा नगरे कुनै पनि वेलामा त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय छ । राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र, आदि धेरै जस्ता विषयमा यसका सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील अथवा महत्वपूर्ण विषयमा पार्टी अध्यक्षले, दलको नेताले बैठकमा, संसदमा आफ्ना विचार राख्नुहुनेछ, त्यसकै आधारमा आफ्ना धारणा बनाउँछौँ ।’

उनले विश्वासको मत दिए पनि सरकारमा सहभागी भने नहुने बताएका छन् । प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदमा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने बताएका छन् ।