मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बैंक बलियो भए मात्रै अर्थतन्त्र सबल हुन्छ : शेखर गोल्छा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५o:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन्। सोमबार काठमाडौंमा भएको ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीचको एकीकृत कारोबार सुरु गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘बैंक बलियो भएपछि अर्थतन्त्रमा सबलता आउँछ, स्थिरता आउँछ, बैंक बलियो हुनु अर्थतन्त्रका लागि मेरुदण्ड हो । बैंकले नाफा गर्नैपर्छ । बैंकले नाफा गरेपछि मात्रै लगानी बढ्छ र अर्थतन्त्र सबल हुन्छ,’ अध्यक्ष गोल्छाले भने। उनले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको बताए। 

तरलताको अभावमा व्यापारहरू संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको गोल्छाको भनाइ छ। वर्तमान अवस्थामा केही सुधारको अवस्था देखिएको भन्दै उनले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको स्पष्ट पारे।

सेफ्टी हेरेर मात्रै अघि बढ्ने हो भने समृद्धिको अपेक्षा पूरा गर्न नसकिने उल्लेख गर्दै उनले मौद्रिक नीतिमा ‘क्यालकुलेट रिस्क’ लिनैपर्ने अहिलेको आवश्यकता भएको बताए।

‘मौद्रिक नीतिमा क्याकुलेटेड रिस्क लिनैपर्छ। सेफ्टी हेरेर अघि बढ्ने हो भने हामी लक्ष्यअनुसार पुग्दैनौँ। निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाईकन समृद्धि पाउन सकिँदैन। कसरी लगानी प्रेरित गर्ने, कसरी उकास्ने निजी क्षेत्रलाई भन्ने कुरामा सोच्नुपर्छ,’ अध्यक्ष गोल्छाले भने।