१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार २o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्वोच्चले भन्यो- ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:३२:oo

डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल कायम भएको छ। आइतबार सर्वोच्च अदालतले दुवै पक्षबाट परेको रिट खारेज गर्दै नगरपालिकाको केन्द्र जुफाल कायम भएको फैसला गरेको हो।

सदरमुकाम दुनै रहेको नगरपालिकाको केन्द्र तत्कालीन नगर प्रमुख गणेश शाहीले जालसाजी गरेर जुफाल सारेको भन्दै ०७४ साल चैत्र ५ गते सर्वोच्च अदालमा तत्कालीन उपप्रमुख योगेन्द्रबहादुर शाहीसहित तीनजनाले रिट दायर गरेका थिए।

अदालतले नगरपालिकाको केन्द्र जुफाल कायम गरेपछि जुफालका जनप्रतिनिधि तथा स्थानीयले ऐतिहासिक दिन भन्दै खुसियालीसमेत मनाएका छन्। पहिलो कार्यकालभरि नै ठूलीभेरी नगरपालिका केन्द्र विवादमा अल्झिएको थियो।

ad
ad