१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नवीन के‍सी अर्घाखाँची
Invalid date format २o:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शृंखलाबद्ध तीन महिलाको हत्या आराेपमा भारतीय दम्पती पक्राउ 

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
नयाँ पत्रिका
Invalid date format २o:o७:oo

शृंखलाबद्ध तीन महिलाको हत्या गर्ने भारतीय दम्पतीलाई अर्घाखाँचीमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 

अर्घाखाँची, गुल्मी  र कपिलवस्तु जिल्लामा तीन महिलाको हत्या गरेको आरोपमा भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शिवा परियारलाई प्रहरीले पक्राउ गरेको हो।

१७ पुसको बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका १० बहखोरकी ६० वर्षीया राधा थापाको हत्या भएको थियो। 

घटनाको अनुसन्धान गर्दै जाँदा तीनजनाको कर्तव्य ज्यान गर्ने व्यक्ति भारतीय नागरिक सिंह र उनकी श्रीमती रहेको तथ्य प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ। 

थापाको हत्या गरेर भाग्ने क्रममा सिंहलाई सोही दिन प्रहरीले जंगलमा पक्राउ गरेको थियो। पक्राउपछि अनुसन्धानको क्रममा उनले श्रीमतीसँग मिलेर योजना बनाई हत्या गरेको बताएपछि प्रहरीले श्रीमतीलाई पनि पक्राउ गरेको हो। 

यसअघि सिंहले गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।

‘सिंह दम्पतीले शृंखलाबद्ध रूपमा महिलाहरूको हत्या गरेर गरगहना तथा नगद लुट्ने काम गर्दै आएको अनुसन्धानको क्रममा खुलेको छ। अनुसन्धानमा जो महिला घरमा एक्लै छन्, जो वृद्धा महिला छन्, जोसँग गहना तथा पैसा छ त्यस्ता महिलालाई निशाना बनाएको पाइयो।’

पक्राउ परेका सिंह दम्पतीलाई आइतबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।