१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
सौरभ यादव सप्तरी
Invalid date format १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सुरक्षा भत्ता हिनामिनाको आरोपमा पक्राउ वडाध्यक्ष कारागार चलान 

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
Invalid date format १८:५९:oo

सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट झन्डै एक करोड रुपैयाँ हिनामिना गरेको आराेपमा पक्राउ परेका वडाध्यक्षलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सप्तरी जिल्ला अदालतले आइतबार जिल्लाको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँलाई कारागार चलान गरेको हो।

अघिल्लो कार्यकालकै बेला वडाध्यक्ष रहँदा मियाँसहितकाले झन्डै ९० जना सर्वसाधारणको नाममा सरकारी कागजात, छाप र नागरिकतासम्म किर्ते गरी आर्थिक वर्ष ०७४/७५, ०७५/७६ र ०७६/७७ सम्म सामाजिक सुरक्षा भत्ता निकासा गरी अपचलन गरेका छन् भने उमेर नपुगेका भए पनि किर्ते जालसाजी गरी आफ्ना आसेपासेलाई सामाजिक सुरक्षा भत्ता खुवाएको मियाँमाथि आरोप छ।

वडा कार्यालयले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्तासम्बन्धी विवरण र सो आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट प्राप्त नागरिकता नम्बरहरूको विवरणबाट पनि मियाँसहितकाले एउटै नम्बरको नागरिकतामा फरक-फरक व्यक्तिको फोटो राखेर नागरिकता प्रतिलिपि तयार पारेको मुद्दामा उल्लेख छ।

उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि ०७७ असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा भएसँगै मियाँ फरार रहँदै आएका थिए। गत बिहीबार मात्रै पक्राउ परेका मियाँलाई अदालतमा उपस्थित गराएपछि पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।