१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २४ आइतबार १७:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोसपामा विश्वासको मतसम्बन्धी निर्णयको अधिकार महन्थ ठाकुरलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार १७:१९:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने–नदिने भन्ने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको छ।

आज बसेको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरलाई विश्वासको मतसम्बन्धी निर्णय लिने अधिकार दिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते मंगलबार विश्वासको मत लिँदै छन्।

त्यसैगरी, लोसपाले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गर्नुका साथै संगठन विस्तारको कामलाई यथाशीघ्र अघि बढाउने निर्णयसमेत गरेको छ।