मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २४ आइतबार १५:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारलाई डा. केसीको प्रश्न- ‘अपराधी’को ठाउँ कहाँ हो ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २४ आइतबार १५:१०:००

निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको छ। आइतबार महिला अधिकारकर्मीहरूले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रूपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनका क्रममा उनीहरूले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यू महिलाहरू सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोइ, के महिला एकल हुनु पाप हो ? लगायतका प्लेकार्ड बोकेर सांकेतिक विरोध जनाएका छन्। 

विरोध कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको एक वर्ष बितिसक्दासमेत सरकारले अपराधीलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको अरोप लगाए। 

उनले सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै सांसद बनाएर राखेको बताए।  देशमा अपराधीको स्थान कहाँ हो भन्दै उनले सरकारसँग प्रश्नसमेत गरे। 

डा. केसीले राजनीति शुद्धीकरण हुनुपर्नेमा भ्रष्टीकरण र अपराधीकरण भइरहेको बताउँदै राजनीति अपराधीहरूले चलाउने ठाउँ भएको बताए। 

विरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुवि खानले सरकार आफूले गरेका वाचा र प्रतिबद्धताबाट बारम्बार पछि हटिरहेको बताइन्। उनले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरिन्। 

आन्दोलनकारी महिला अधिकारकर्मीहरूले सरकारले निर्मला कुर्मीका अपराधीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर, प्रहरीले घटनाका मुख्य अभियुक्त कांग्रेसका नेता बदशाह कुर्मीलाई प्रहरीले पक्राउ गरेको छैन।