Skip This
शुक्लाफाँटा नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १४:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शुक्लाफाँटा नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:५५:oo

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गैरकानुनी तरिकाले ठेक्का लगाएको भन्दै अख्तियारमा उजुरी परेको छ।

शुक्लाफाँटा नगरपालिकाले चालू आर्थिक वर्ष ०७९-८० मा बनहरा र अनौखी खोला ठेक्का लगाएको थियो। नदीजन्य पदार्थ बिक्री–वितरणका लागि ठेक्का लगाएसँगै शुक्लाफाँटा नगरपालिका– ८ का केही स्थानीय आन्दोलितसमेत भएका थए। 

स्थानीय रुकुमसिंह ठगुन्ना नेतृत्वको नदीजन्य पदार्थ उत्खनन पीडित संघर्ष समितिले आन्दोलनसमेत गरेको थियो। आइतबार सोही संघर्ष समितिले ठेक्का गैरकानुनी आर्थिक चलखेल भएर आह्वान गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दायर गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी नारायणप्रसाद ढकालले उजुरी उपर छानबिन गरिने बताउँदै आर्थिक अनियमितता देखिए कारबाही हुने र अनुचित कार्य भए सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए। 

शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रप्रसाद भट्टले ठेक्का प्रक्रियागत कानुनअनुरूप भएको बताए। ‘ठेक्का कानुनी पूरै प्रक्रियाअनुरूप भएको हो,’ उनले भने, ‘यसमा कुनै द्विविधा छैन।’ 

 नगरपालिकाले शुक्लाफाँटा– ८ नम्बर वडामा रहेका बनहरा र अनौखी खोलामा ठेक्का लगाएसँगै वडाध्यक्ष बहादुरसिंह महराले सनकको भरमा राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत वा अस्वीकृतबारे अहिले निर्क्याेल भएको छैन। उक्त ठेक्का प्रकरणमा स्थानीय र नगरपालिकाबीच आरोप–प्रत्यारोप चलिरहेको बुझिन्छ। 

नदी खोला क्षेत्रमा गैरप्रभावित आन्दोलनमा आएको नगरपालिकाको दाबी र आन्दोलनमा आएकाहरूले बस्ती र वातावरण नास गर्ने गरी ठेक्का भएको आरोप–प्रत्यारोपमा उत्रिएका छन् । नगरको आन्तरिक आम्दानी वृद्धि गराउनमा सबै पक्षबाट सहयोग हुनुपर्नेसमेत आमनगरवासीको सुझाव छ। 

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिको खोला नाला ठेक्का लगाएपछि गत १९ पुसमा नगरपालिका घेराउ गर्दै गरेका स्थानीय।