१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १३:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अदानचुलीका निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालले पाँच महिना सुर्खेत बसेरै तलबभत्ता बुझे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३५:oo

दुई प्रशासकीय अधिकृत भएकाे हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालले कार्यालयमा हाजिरै नभई पाँच महिनाको तलबभत्ता बुझेको तथ्य फेला परेको छ।

अदानचुलीका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाले पाँच महिनासम्म सुर्खेत बसेर तलब भत्ता बुझेको पाइएको हो। गत साउन ३१ पछि उनीहरू कार्यालयमा हाजिर भएका छैनन्। साउन ३१ मा गाउँपालिका छाडेका शाही र थापा गत बिहीबार कार्यालय उपस्थित भएका थिए। तर, कार्यालय नआई तलब–भत्ता बुझेको झन्डै पाँच महिनापछि हाजिर लगाउन आएपछि गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया र केही वडाध्यक्षहरूले हाजिरी लगाउन रोकेका छन्। उनीसँगै नयाँ नियुक्ति लिएका चार स्थायी कर्मचारीले समेत हाजिरी लगाउन नपाएको गाउँपालिका स्रोतले जानकारी दिएको छ।

गत  साउन महिनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलमाथि भ्रष्टाचार अभियोग लागेपछि उनी निलम्बनमा परेका थिए। प्याकुरेल निलम्बनमा परेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट मेगनाथ शाहीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट साउन २ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतमा  नियुक्ति दिलाएर ल्याएका थिए। तर, साउन २९ मा उपाध्यक्ष रोकायाको अध्यक्षता बसेको कार्यपालिका बैठकले गाउँपालिकाको कामकाजमा बाधा परेको भन्दै रोकायानिकट स्वास्थ्य संयोजक हंश महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गर्ने निर्णय गर्‍याे।

अध्यक्ष सिंहले नियुक्ति दिलाएर ल्याएका शाहीले अध्यक्ष सिंहसँग सुर्खेत बसेर करोडौँ रकम हिनामिना गरेको गाउँपालिका उपाध्यक्ष रोकायाको आरोप छ। गाउँपालिका अपहरण परेको भन्दै उपाध्यक्ष रोकायाले अख्तियार कार्यालय सुर्खेतमा उजुरी दिएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापा बिहीबार अदानचुली गाउँपालिका पुगेका थिए। तर, उपाध्यक्ष रोकाया पक्षले उनीहरूलाई हाजिरी लगाउन नदिएपछि विवाद झनै चुलिएको छ।

गाउँपालिका अध्यक्ष सिंह नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष रोकाया माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। तत्कालीन समयमा एउटै गठबन्धनबाट निर्वाचित भएका अध्यक्ष र उपाध्यक्षबीच  अहिले सम्बन्ध चिसिएपछि गाउँपालिकाका कामहरू नै प्रभावित भएका छन्।