१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कार्यभार सम्हाल्न आइपुगे चिनियाँ राजदूत सोङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:१३:oo

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ काठमाडौं आइपुगेका छन्। आइतबार बिहान उनी बेइजिङबाट काठमाडौं अवतरण गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिने क्रममा राजदूत सोङले चीनको २२औँ राजदूतका रूपमा नेपाल आउन पाउँदा ठूलो खुसी लागेको बताए। दुई देशको शीर्ष नेतृत्वबीच विगतमा भएका समझदारी कार्यान्वयन गर्न आफू सक्रिय रहने राजदूतले स्पष्ट पारेका छन्।

राजदूत सोङले हिमाल र नदीले जोडिएको चीन र नेपालबीच चिरकालीन मित्रता रहेको उल्लेख गरे।  उनले विगतमा चिनियाँ प्रख्यात भिक्षु फक्सियन र नेपाली प्रख्यात भिक्षु बुद्धभद्रले गरेको भ्रमणहरूको आदानप्रदान उल्लेख गर्दै प्रसिद्ध नेपाली शिल्पकार अरनिको चीन आएर बेइजिङमा मियाओइङ मन्दिर निर्माण गरेको इतिहास स्मरण गरे।

सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र चीनले एक–अर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको पनि उनले उल्लेख गरेका छन्। ०७२ सालमा  नेपालमा गएको आम विनाशकारी भूकम्प र तीन वर्षयता कोभिड– १९ विरुद्धको लडाइँको संकटपूर्ण घडीमा दुई देशले समान व्यवहार, मैत्रीपूर्ण सहयोग र पारस्परिक लाभको उदाहरण प्रस्तुत गर्दै एक–अर्कालाई आपसी सहयोग गरेको पनि राजदूत सोङले बताएका छन्।

उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको  राजकीय भ्रमण गरेको, दुई राष्ट्रप्रमुखले विकास र समृद्धिका लागि सदा चिरस्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएको उल्लेख गरे। पछिल्ला वर्षहरूमा दुई देशबीच बेल्ट एन्ड रोड इनिसिएटिभ र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभको रूपरेखाअन्तर्गत विभिन्न क्षेत्रमा सहकार्य भइरहेको पनि राजदूत सोङले बताएका छन्। दुई देशबीच हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कले क्रमशः आकार लिइरहेको पनि उनको भनाइ छ।

सन् २०२२ को अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन, तेस्रो कार्यकालका लागि सी जिनपिङको चयनसम्मको पृष्ठभूमि पनि राजदूतले उल्लेख गरेका छन्। चीनलाई सबै हिसाबले आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्न र आधुनिकीकरणको चिनियाँ मार्गबाट चिनियाँ राष्ट्रको पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउन चीनले नयाँ यात्रा सुरु गरेको पनि उनले बताएका छन्।
 

ad
ad