Skip This
अन्तर्राष्ट्रिय जुनियर टेनिस सम्पन्न, पौडेललाई दोहोरो उपाधि
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २o:१८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्तर्राष्ट्रिय जुनियर टेनिस सम्पन्न, पौडेललाई दोहोरो उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१८:oo

दोस्रो मनुश्री/ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत अयार्शराज पौडेलले दोहोरो उपाधि जितेका छन्। 

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा शनिबार सम्पन्न प्रतियोगिताअन्तर्गत अयार्शराजले यू ९ र यू १०  ब्वाइज सिंगल्सतर्फको उपाधि जितेका हुन्। 

अयार्शराजले यू ९ तर्फ इभान भट्टराई र यू १० तर्फ विश्व डल्लाकोटीलाई पराजित गर्दै उपाधि जितेका हुन्। यू १२ ब्वाइज सिंगल्सको उपाधि सन्दीप विकलले जित्ने क्रममा स्पन्दन उदासलाई पराजित गरेका थिए।

गल्स सिंगल्सतर्फ यू १० को फाइनलमा साल्भी शेरचनले सारा पन्तलाई र गल्स यू ९ तर्फ साराले जिभाश्री भट्टराईलाई पराजित गर्दै उपाधि हात पारेकी थिइन्।

प्रतियोगितामा गल्रसतर्फ १५ र ब्वाइजतर्फ २२ खेलाडीको सहभागिता थियो। प्रतियोगितामा सबैभन्दा कम उमेरका ४ वर्ष १० महिनाका सर्वज्ञजंग खत्री सहभागी रहेका कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए।