Skip This
वाम-लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : नेपाल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २३ शनिबार १७:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वाम-लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार १७:२४:oo

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम-लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार रहेको बताएका छन्।  

पार्टीनिकट नेवा राष्ट्रिय संघको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थितिको  विकास भएको बताएका हुन्। 

उनले संवैधानिक तथा राजकीय पद बाँडफाँडमा कांग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्व नदिएर सबैमा दाबी गर्ने गैरराजनीतिक चरित्र प्रस्तुत गरेको उल्लेख गर्दै केही नेताको अहंकारले नयाँ ध्रुवीकरण भएको विचार व्यक्त गरे। 
नेता नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। 

उनले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर संगठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए। 

उनले भने, ‘सरकारको साझा नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र पार्टीले विश्वासको मत दिने वा समर्थन नगर्ने विषयमा निर्णय गर्नेछ।’ 

पार्टीका जनवर्गीय संगठन, स्थायी कमिटी र पोलिटब्युरो बैठकबाट अहिले सरकारमा नजान र संगठन निर्माणमा केन्द्रित हुन सुझाव आएको उनले बताए। 

छरिएर रहेका वाम शक्तिलाई एकताबद्ध गरी बलियो कम्युनिस्ट शक्तिको खाँचो रहेकाले त्यसको निर्माणका लागि केही दलसँग छलफल भइरहेको उनले जानकारी दिए।