Skip This
‘हाम्रा सुझाव तत्काल सम्बोधन गरे देशको अर्थतन्त्र लयमा आउन समय लाग्दैन’ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘हाम्रा सुझाव तत्काल सम्बोधन गरे देशको अर्थतन्त्र लयमा आउन समय लाग्दैन’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३३:oo

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान सरकारले उद्योगी–व्यवसायीको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने बताएका छन्। 

पछिल्लो समय उद्योगी–व्यवसायीको मनोबल कमजोर भएकाले उद्योग–व्यवसायमा संकुचन आएको भन्दै अध्यक्ष अग्रवालले वर्तमान सरकारले उद्योगी–व्यवसायीको मनोबल उच्च बनाउने गरी निर्णय गर्नुपर्ने बताएका हुन्। 

उनले वर्तमान सरकार गठन भएसँगै नेपाली पुँजी बजारमा अर्थतन्त्रका कुनै पनि प्यारामिटरहरू परिवर्तन वा सरकार नयाँ कुनै निर्णयविना उच्च मनोबलको कारण लगातार रूपमा वृद्धि भइरहेको बताए। अध्यक्ष अग्रवालले सरकारले बैंकको ब्याजदर कम गर्ने, तरलता सहज ल्याउने र एलसी मार्जिन कम गर्ने निर्णय गरे व्यवसायीको मनोबल सकारात्मक हुने बताए। 

पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या उद्योगी–व्यवसायीको मनोबल कमजोर भएको कारण दाबी गर्दै उनले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई भेटेर अर्थतन्त्र लयमा ल्याउन सरकारले चाल्नुपर्ने कदमको विषयमा जानकारी गएको बताए। 

उद्योग परिसंघका माग र दिएका सुझावलाई सरकारले तत्काल सम्बोधन गरे मुलुकको अर्थतन्त्र लयमा आउने समय नलाग्ने उनको तर्क थियो। अध्यक्ष अग्रवालले वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्दै व्यापार–व्यवसायमा आएको गिरावटलाई कम गर्न सहयोग गर्नुपर्नेमा जोड दिए।