मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

संशोधित चालू पुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य : अध्यक्ष गोल्छा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२८:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालू पुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य रहेको बताएका छन्।

बिहीबार जुत्ता उत्पादक संघ नेपालले आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीमा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। उनले चालू पुँजी कर्जा मार्ग दर्शनमा केही नीति परिमार्जनले मात्रै अर्थतन्त्रमा देखिएका चुनौतीको सामान गर्न नसक्ने बताए। सरकारले बजारमा देखिएको उच्च बैंकको ब्याजदर कम गर्ने, तरलता सहज बनाउनेलगायतका काम गर्नुपर्ने उनले प्रस्ट पारे।

अध्यक्ष गोल्छाले निजी क्षेत्रका समस्या समाधान गर्न नयाँ सरकारलाई धेरै चुनौती रहेको बताए। खुला सिमानाबाट अनधिकृत रूपमा भइरहेको आयातका कारण सरकारको राजस्व संकलनको लक्ष्य निर्धारितभन्दा तल पुगेको उनको भनाइ छ। उनले राजस्व संकलन २५ प्रतिशतले कमी आउँदा राज्य सञ्चालनमा समेत समस्या भइरहेको अवस्था रहेको दाबी गरे।