१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ पौष २० बुधबार ११:२२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

Read Time : < 1 मिनेट
२०७९ पौष २० बुधबार ११:२२:००

मधेस प्रदेश सभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।  मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उनलाई  चयन गरेको हो ।

मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकांक्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिए ।  एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव महोत्तरी क्षेत्र नम्बर ४ (१)बाट निर्वाचित भएका थिए । 

दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए ।  मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।