Skip This
सिड्नीमा ९७ जनालाई लागुऔषध मुद्दामा अभियोग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रासस सिड्नी
Invalid date format १६:o१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सिड्नीमा ९७ जनालाई लागुऔषध मुद्दामा अभियोग

Read Time : < 1 मिनेट
रासस, सिड्नी
नयाँ पत्रिका
Invalid date format १६:o१:oo

अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको संगीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ।

सोमबार जारी गरिएको विज्ञप्तिअनुसार न्यु साउथ वेल्स राज्यको प्रहरीले आइतबार आयोजित उत्सव कार्यक्रमलाई लक्षित गरी अपरेसन सुरु गरेको थियो।  सिड्नीको पूर्वी किनारमा भएको यस कार्यक्रममा २७ हजारभन्दा बढी मानिस उपस्थित भएका समाचारमा जनाइएको छ। 

९७ जनाले एमडिएमए, एम्फेटामाइन, गाँजा, कोकिन, एक्स्टेसी, एलएसडी, केटामाइन र साइलोसाइबिनलगायतका अवैध लागुऔषध ओसारपसार गरेको प्रहरीले जनाएको छ। तीमध्ये तीनजना लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका छन्।

एक २१ वर्षीय पुरुषसँग १५ वटा एमडिएमए क्याप्सुल, अर्का एक पुरुषसँग नाैवटा क्याप्सुल र २५ वर्षीया महिलासँग पाँचवटा एमडिएमए क्याप्सुल बरामद भएको बताइएको छ।