१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
श्रवण थापा सर्लाही
२o८१ जेठ ४ शुक्रबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाहीमा प्रहरीले गर्‍याे आठ बिघा गाँजाखेती फँडानी

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:o५:oo

सर्लाही प्रहरीले जिल्लाको विकट नारायण खोलामा लगाएको अवैध गाँजाखेती फँडानी गरेको छ। आइतबार प्रहरीले लालबन्दी नगरपालिका– १४ नारायण खोलामा करिब आठ बिघा जमिनमा लगाएको अवैध गाँजाखेती नष्ट गरेको हो।

ठूलो क्षेत्रफलमा अवैध गाँजाखेती भइरहेको सूचनाको आधारमा प्रहरी गाँजाखेती फँडानी गर्न पुगेको थियो। जिल्लाकै विकट मानिने नारायण खोला पुगेर प्रहरीले अवैध गाँजाखेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

नारायण खोला क्षेत्रमा प्रहरीले स्थानीयले लगाएको प्रतिबन्धित गाँजाखेती फँडानी गर्दै आएको छ। फँडानी गरेको गाँजाको बोट आगो लगाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय यादवले जानकारी दिए। जिल्लाको विकट चुरे क्षेत्र, नारायण खोला, मोटरदोभानलगायतका गाउँमा राम्रो आम्दानीको लोभमा स्थानीले गाँजाखेती गर्दै आएका छन्।
 

ad
ad