१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

आणविक अस्त्र ‘उल्लेख्य बढाउन’ किम जोङ उनको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४२:oo

उत्तर कोरियाली नेता किम जोङ उनले आणविक अस्त्र निर्माणलाई ‘उल्लेखनीय’ वृद्धि गर्न निर्देशन दिएका छन् । साथै, किमले अमेरिका र दक्षिण कोरियालाई जवाफ दिने नयाँखालको शक्तिशाली ‘अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल(आइसिबिएम)’को पनि विकास गर्न भनेका छन् । किमको बयान आइतबार उत्तर कोरियाको सरकारी मिडियाले सार्वजनिक गरेको थियो । त्यसको केही घन्टाअघि मात्रै उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री तटतर्फ छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । 

उत्तर कोरियाको सत्तारूढ वर्कस पार्टीको नयाँ वर्षअघिको महत्वपूर्ण बैठकमा किमले वासिङ्टन र सियोलले आफूहरूलाई ‘मानव इतिहासमा कहिल्यै नदेखिएकोस्तरमा’ ‘एक्ल्याउने तथा दबाउने’ प्रयास गरेको आरोप लगाएका थिए । यस परिस्थितिमा प्योङयाङले ‘आफ्नो सैन्यशक्तिलाई अति सबल बनाउने प्रयासलाई उल्लेख्य रूपमा बढाउनुपर्ने’ किमले निर्णय सुनाए ।

अमेरिकालगायत आफूहरूलाई निशाना बनाइरहेका अन्य शत्रु शक्तिका खतरनाक सैन्य कदमसँग जुध्न र सार्वभौमसत्ताको सुरक्षा तथा आधारभूत राष्ट्रिय स्वार्थ बचाउ’का लागि यो काम अपरिहार्य भएको किमले बताए । ‘वर्तमान परिस्थितिले ट्याक्टिकल आणविक हतियारको आमउत्पादनको महत्व तथा आवश्यकतामा प्रकाश पारेको छ । यसले देशको आणविक अस्त्रको उल्लेखनीय वृद्धिको माग गर्छ,’ किमले पार्टी बैठकमा भनेको कोरियन सेन्ट्रल न्युज एजेन्सी(केसिएनए)ले जनाएको छ । किमले बैठकमा ‘तत्काल आणविक जवाफी आक्रमण गर्ने क्षमता’ भएको नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको निर्माण गर्न पनि निर्देशन दिएको केसिएनएले समाचारमा भनेको छ । किमले बैठकमा उत्तर कोरियाले छिट्टै आफ्नो पहिलो सैन्य जासुसी भूउपग्रह प्रक्षेपण गर्ने योजना बताएका थिए ।

उत्तरले शनिबार तीन ब्यालेस्टिक मिसाइल परीक्षण उडान गरेको केही दिनअघि दक्षिण कोरियासँगको सिमापारि पाँचवटा ड्रोन उडाएको थियो । ती ड्रोन खसाल्न नसकेपछि दक्षिण केरियाभित्र सेना तथा गुप्तचरको आलोचना भएको थियो । केसिएनएले शनिबार भएको परीक्षण फायर ‘अति विशाल’ रकेट लन्चरको परीक्षणअन्तर्गत भएको बताए । एजेन्सीले आफ्ना सेनाले प्रहार गरेको मिसाइलले पूर्वी तटबाट केही टाढा अवस्थित निर्जन टापुमा सटिक रूपमा ठक्कर एिको दाबी गरेको छ । केसिएनएको रिपोर्टसँग मेल खाने गरी दक्षिण कोरियाली सेनाले पनि आफूहरूले शनिबारको उत्तर कोरियाली मिसाइल प्रक्षेपण पहिचान गरेको बताएको छ । 

ad
ad