१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o८:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चर्च ब्वाइज सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:३४:oo

चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै चर्च ब्वाइजले पहिलो सहभागितामै अन्तिम चारमा स्थान बनाएको हो । मच्छिन्द्र लगातार दोस्रो संस्करण पनि पहिलो खेलमै पराजित भयो । फाइनल प्रवेशका लागि चर्च ब्वाइजले मनाङ मस्र्याङ्दी क्लब र अमेरिकाको भुटनिज युथ टोलीबीचको विजेतासँग बिहीबार खेल्नेछ । 

मच्छिन्द्रविरुद्ध चर्च ब्वाइजले पहिलो हाफमा दुई गोल गरेको थियो । दोस्रो हाफमा दुवै टोलीले एक–एक गोल गरेका थिए । दोस्रो हाफमा केही सुधारिएको खेल प्रस्तुत गरे पनि मच्छिन्द्र फिनिसिङमा चुकेको थियो । खेलको २३औँ मिनेटमा चर्च ब्वाइजले १–० को अग्रता लियो । म्यान अफ दी म्याच आशिष चापागाईंले चर्च ब्वाइजलाई अग्रता दिलाए । अञ्जन विष्टको हेडिङ मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले नियन्त्रणमा लिन सकेनन् । गोलरक्षकबाट फुत्किएको बललाई आशिषले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा आशिषले टोलीलाई २–० को अग्रता दिलाए । आशिष चौधरीले दिएको पासलाई बक्सनजिकैबाट तीन रक्षकलाई बिट गर्दै आशिषले सहजै गोल गरे । 

खेलको ६४औँ मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई ३–० को अवस्थामा पुर्‍याए । आशिष चापागाईंले दिएको पासलाई बक्सभित्रबाट दुई रक्षकलाई बिट गर्दै पहिलो बारमा चौधरीले उत्कृष्ट गोल गरेका थिए । तीन गोलले पछि परेको मच्छ्रिन्द्रले खेलको ८९औँ मिनेटमा एक गोल फर्कायो । ७६औँ मिनेटमा मैदान प्रवेश गरेका सौरभ सुब्बाले गोल गरे । 

रक्षापंक्ति कमजोर देखियो : लामा 
जितपछि चर्च ब्वाइजका प्रशिक्षक विक्रम लामाले उपाधि उचाल्ने लक्ष्यसहित पोखरा आएको बताए । उनले विपक्षी टोली बलियो भए पनि आफूहरूले राम्रो खेल्दा जित हात पार्न सफल भएको प्रतिक्रिया थिए । ‘विपक्षी टोली बलियो थियो । हामीले राम्रो खेल खेल्न सक्यौँ । नयाँ खेलाडीले समेत मौका पाए,’ लामाले भने । उनका अनुसार चर्च ब्वाइजको रक्षापंक्तिमा केही कमजोरी छ । मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले मैदान नयाँ भएको र केही खेलाडी घाइते हुँदा योजनाअनुसार प्रदर्शन गर्न नसकेको बताए ।

ad
ad