Skip This
लुम्बिनी प्रदेशका सांसदले लिए शपथ  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:३७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेशका सांसदले लिए शपथ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३७:oo

लुम्बिनी प्रदेश सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा नवनिर्वाचित सदस्यलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गाेपनीयताकाे शपथ  गराएका हुन्। 

प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथग्रहण गराउने र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथग्रहण गराउने चलन छ। तर, लुम्बिनीमा सबै प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले नै शपथग्रहण गराएका हुन्।   

लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्। जसमध्ये नेकपा एमालेबाट २९, कांग्रेसबाट २७, माओवादी केन्द्रबाट नाै, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट चार–चार सांसद छन्। 

त्यस्तै जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्र तीन–तीनजना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक–एकजना सांसद छन्। साथै प्रदेश सभाको पहिलो अधिवेशन सोमबार दिउँसो १ बजे बस्दै छ।