१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
रासस काठमाडौं
२o८१ जेठ ७ सोमबार १२:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भ्रष्टाचार नियन्त्रण गर्न सरोकारवाला संस्थाको माग

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १२:३७:oo

सुशासनको अभाव र भ्रष्टाचारले मुलुकको विकासमा अवरोध गरी लोकतन्त्रलाई सबल बन्न नदिएकाले भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको छ। 
 
ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपाल र यससँग आबद्ध मुलुकभरका संस्थाको भेलाले नवगठित सरकारसँग भ्रष्टाचार नियन्त्रणको काम गर्न ध्यानाकर्षण गराएको छ। हालै सम्पन्न आम निर्वाचनमा भ्रष्टाचार विरोधी जनभावना सशक्तरुपमा जाहेर भएको र निर्वाचनपछि गठित नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण एवं सदाचार प्रवद्र्धनका निम्ति कार्य गर्नुपर्ने टिआइ नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

सरकारले देश र जनताको अपेक्षानुरुप भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखी सशक्त एवं प्रभावकारीरुपमा, स्पष्ट परिणाम देखिने गरी कार्य गरोस् भनी टिआइ नेपाल र सोसँग आबद्ध संस्थाको भेलाले माग गरेको पनि उनले बताइन्।

ad
ad