१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मी अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:o७:oo

गुल्मी अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा सुरु भएको छ। रेसुंगा नगरपालिका र जिल्ला अस्पतालको सहकार्यमा हाडजोर्नीको सेवा सुरु गरिएको हो।

गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ र उपचार नहुँदा कैयौँ बिरामी बाहिर जान बाध्य थिए। हाडजोर्नी फुटेको, खिइएको, प्लास्टर गर्नुपर्ने, बांगाे भएकोलगायतका सेवा अब गुल्मी अस्पतालबाटै प्रदान गरिने अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले जानकारी दिए।

जिल्लामा हाडजोर्नीको समस्या भएका बिरामीहरूको संख्या धेरै भए पनि जनशक्ति र उपकरणको अभावमा गुल्मी अस्पतालले सेवा दिन सकेको थिएन। बिहीबार अस्पतालको तर्फबाट अध्यक्ष भरत पाण्डे र प्रमुख उत्तम पाच्या एवं नगरपालिकाको तर्फबाट नगरप्रमुख खिलध्वज पन्थीबीच सेवासम्बन्धी सम्झौता भएको हो। अब हाडजोर्नीको समस्या भएका व्यक्ति उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ।

जिल्लामै उपचार पाएपछि धुर्कोट गाउँपालिका– ५ का ४२ वर्षीय लालबहादुर सुनारले खुसी व्यक्त गरे। घुँडा सुन्निने समस्याले उनी करिब तीन साता विक्षिप्त थिए। तर, जिल्लामै हाडजोर्नीको विशेषज्ञ सेवा सुरु भएपछि अप्रेसन गरेर अहिले वैशाखीको सहारामा हिँडडुल गर्न सक्ने भएका छन्।

अस्पतालले हाडजोर्नीको विशेषज्ञ उपलब्ध गराउने र नगरपालिकाले विशेषज्ञलाई प्रोत्साहन भत्ता र सिआर मेसिनसहितको व्यवस्थापनमा सहयोग गर्ने सम्झौता गरिएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए। नगरपालिकाले मेसिन खरिदको प्रक्रिया थालेको छ। आफू निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकका महत्वपूर्ण निर्णयहरू कार्यान्वयन भइरहेको पन्थीले बताए।

ad
ad