Skip This
नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३७:oo

रुपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा १ पुसदेखि सञ्चालन भएको नेपाल–भारत बटालियनस्तरीय संयुक्त तालिम अभ्यास ‘सूर्यकिरण १६’ सम्पन्न भएको छ । सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले बिहीबार आयोजित कार्यक्रममा सैनिक अभ्यास समापन गरेका हुन् ।

नेपाली र भारतीय सेनाबीच विपत् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषयमा संयुक्त अभ्यास भएको थियो । नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट कर्नेल हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४÷३३४ जना सकलदर्जा सहभागी थिए ।

समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्य पश्चिम पृतनाका पृतनापति उपरथी यामप्रसाद ढकाल, नं.३ बाहिनीपति एवं संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायक रथी प्रेमबहादुर पुन, नं.२२ बाहिनीपति सहायक रथी नवराज गुरुङ, नेपालका लागि भारतीय सैनिक सहचारी कर्णेल अमित शर्मा, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा रुपन्देही जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । 

‘संयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा आधारभूत सैनिक सीपको विकास हुनुको साथै आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।