Skip This
मास्क र स्यानिटाइजर प्रयोग गर्न त्रिविको आग्रह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मास्क र स्यानिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१४:oo

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।

त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको बताए।  

उनका अनुसार त्रिविका विभिन्न निकायमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ। नेपालमा कोभिड–१९ को संक्रमण कम हुँदै गएको छ। तर, विश्वव्यापी रूपमा छिमेकीलगायत केही देशमा उक्त रोगको नयाँ भेरियन्ट बी एफ ७ देखा परेको छ। 

त्यसैले, नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको त्रिविले जनाएको छ। नेपालमा नयाँ भेरियन्टको पुष्टि भएको छैन। छिमेकी मुलुक भारत र चीनमा नयाँ भेरियन्ट देखिएकाले नेपाल उच्च जोखिममा रहेको छ।