१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रसिया हुँदै युक्रेनमा मानव तस्करी गर्ने दुईजना जेल चलान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१o:oo

रसिया हुँदै युक्रेनमा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका दाङ लमही नपा– ६ का ४७ वर्षीय दिनेशकुमार चौधरी र सिन्धुपाल्चोक चौतारा नपा–१० का २३ वर्षीय रुपेश ढकाललाई पुर्पक्षका लागि करागार चलान गरिएको छ। 

जिल्ला अदालत काठमाडौंको आदेशपछि उनीहरूलाई सुन्धारा जगन्नाथ देवलस्थित केन्द्रीय कारागार पठाइएको हो। प्रहरीका अनुसार उनीहरूले युरोपियन मुलुक चेक रिपब्लिकमा सिपगार्डको कम लगाइदिने प्रलोभनमा पीडितसँग रकम उठाएका थिए। यसक्रममा पीडितलाई उनीहरूले भारतको नयाँ दिल्ली हुँदै पहाडगन्ज लगेर अलपत्र छाडेका थिए। 

त्यसपछि, विदेश नजाने मस्थितिमा पीडित नेपाल फर्केका थिए। बुझाएको रकम माग गरेपछि उनीहरूले पीडितलाई पोर्चुगल जान दबाब दिएका थिए। यही क्रममा पीडितलाई रसिया पुर्याएर अलपत्र पारेका थिए। रसियन प्रशासनले पक्राउ गर्दा पीडितले प्रयोग गरेको पासपोर्टसमेत नक्कली रहेको पाइएपछि नेपाल फर्काइदिएको थियो।

प्रहरीका अनुसार पीडितलाई उनीहरूले जबर्जस्ती युक्रेन लैजान खोजेका थिए। रसियन प्रशासनले नेपाल फकाइदिएपछि मात्रै उनीहरू असफल भएका थिए।

नेपाल फर्केका पीडितले जाहेरी दिएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोले चौधरी र ढकाललाई गत १५ र १६ मंसिरमा पक्राउ गरेको थियो। बुधबारको थुनछेक बहसपछि उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो।