१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ। काठमाडौंमा आज सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो।

भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। पार्टीको प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारीसमेत तोकिएको छ।

नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका साह गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र ३ बाट निर्वाचित भएका थिए। 

आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरिएको अध्यक्ष साहले बताए।

यसैबीच साहको अध्यक्षतामा बसेको विस्तारित बैठकले स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा सहभागी भई स्वतन्त्र उम्मेदवार जिताउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ। पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न आमजनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरेको छ।