Skip This
भारतबाट फर्किएका एक नेपालीमा कोरोना पुष्टि, नयाँ भेरियन्ट भएको आशंका 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतबाट फर्किएका एक नेपालीमा कोरोना पुष्टि, नयाँ भेरियन्ट भएको आशंका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

कोरोना जाँच गर्न सुरु गर्नेबित्तिकै भारतबाट फर्किने नेपालीमा कोरोना पुष्टि भएको छ। 

विगत तीन महिनापछि भारतबाट फर्किँदै गरेका एक नेपालीमा कोरोना पुष्टि भएको हो, तर तिहारदेखि जमुनाह नाकास्थित हेल्थडेस्कमा कोरोना जाँच बन्द गरिएको थियो। ‘जाँच गरेको भए यसअघि पनि फेला पर्न सक्थे। जाँच नै नभएपछि फेला पर्ने कुरै आएन,’ एक नेपालीले भने। 

नेपाल-भारत सीमा नाका जमुनाहस्थित हेल्थडेस्कमा जाँच गर्दा भारतबाट फर्किँदै गरेकी जाजरकोटकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। 

यसअघि १ असोजमा भारतबाट आउँदै गरेका एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो। बिहीबार कोरोना पुष्टि भएका महिलालाई होम आइसोलेनसमा राखिने भएको छ।

उक्त महिलामा पुष्टि भएको कोरोना कोभिडको नयाँ भेरियन्ट बिएफ डट ७ संक्रमण भएको आशंका गरिएको छ। जिन सिक्वेन्सिङ नगर्दै यही भेरियन्ट हो भन्न मिल्दैन तर भारत, चीनलगायत विश्वका अन्य देशमा बिएफ डट ७ फैलिएकोले त्यही हुन सक्ने हाम्रो अनुमान हो,’ उनले भने।
 
यसैबीच, जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसी) को बैठकले कोरोनासम्बन्धी सचेतना फैलाउने, जमुनाह नाकामा फेला परेका संक्रमितलाई होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने, स्वास्थ्य मापदण्ड अपनाउने व्यवस्था मिलाउन र अति आवश्यक कामबाहेक किनमेलका लागि भारतका कुनै सहरमा नजान आग्रह गर्ने निर्णय गरेको फोकल पर्सन ओलीले बताए।

बुधबार नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणमा ‘नेपालगन्ज नाकाको हेल्थडेस्क सुनसान, हुन छाड्यो परीक्षण’ शीर्षकमा समाचार छापिएको थियो।