Skip This
एभरेस्ट बैंकद्वारा धादिङको मच्छिन्द्र माध्यमिक विद्यालयलाई आर्थिक सहयोग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एभरेस्ट बैंकद्वारा धादिङको मच्छिन्द्र माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o४:oo

एभरेस्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धादिङको मच्छिन्द्र माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ।

बैंकले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ। 

बैंकले एक कार्यक्रमको आयोजना गर्दै धुनिबेँसी नगरपालिका– ७ खानीखोला, धादिङमा अवस्थित मच्छिन्द्र माध्यमिक विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत् आपूर्ति गर्नका लागि दुई लाख छब्बिस हजार आर्थिक सहयोग गरेको हो। 

सो कार्यक्रममा एभरेस्ट बैंकका संस्थागत सामाजिक उत्तरदायित्व कमिटीका सदस्य तथा नायब महाप्रबन्धक केशवराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरेका थिए। 

सो कार्यक्रममा विद्यालयका उपप्रधानाध्यापक गोवर्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पालगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको समेत उपस्थिति थियो।