मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २६ मंगलबार
  • Tuesday, 12 December, 2023
नयाँ पत्रिका दार्चुला
२०७९ पौष १४ बिहीबार १४:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुलामा महिला हिंसा बढेकोमा चिन्ता व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
२०७९ पौष १४ बिहीबार १४:५६:००

दार्चुलामा महिला हिंसा बढेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दार्चुलाले बिहीबार खलंगामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को पूर्ववार्षिक समीक्षामा बोल्ने सरोकारवालाहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

कार्यक्रममा बोल्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अहिले पनि महिला हिंसाका घटना कम नभएको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ‘अहिले पनि महिला पीडित भएको तथ्यांक देखियो।’ हिंसाका घटना न्यूनीकरण सरकारी निकायबाट मात्रै सम्भव नहुने भन्दै उनले गैरसरकारी संघसंस्थाले पनि जनचेतनामूलक कार्यक्रम गर्न सुझाव दिए।

स्थानीय सरकारले पनि महिला हिंसाका घटना न्यूनीकरणमा बढी चासो दिनुपर्ने उनले भनाइ छ। स्रोत–साधनको हिसाबले पनि जनचेतना जोगाउने कार्यक्रम स्थानीय सरकारले बढी गर्न सक्ने भन्दै उनले भने, ‘सबै पक्षको हातेमालोबाट मात्रै हिंसामा कमी ल्याउन सकिन्छ।’ 

अधिकारकर्मी हीरा अवस्थीले महिलामाथि हुने हिंसामा कमी ल्याउन सबैको सहयोग आवश्यक रहेको बताइन्। ‘हामी विगतदेखि सँगै महिला मानव अधिकारबारे वकालत गर्दै आएका छौँ,’ उनले भनिन्, ‘तैपनि हिंसाका घटनामा कमी आउन सकिरहेको छैन।’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेले इन्सेकले जिल्लाको हरेक घटना अभिलेख राखेर सरोकारवालालाई झकझकाउने काम गरेको बताए। 

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा भएका घटनाको प्रस्तुति राखे। इन्सेक दार्चुलाका अनुसार जिल्लामा एक वर्षको अवधिमा बलात्कारका घटनामा चार बालिका र ६ महिला पीडित भएका छन्। यस्तै जबर्जस्ती करणी उद्योगका एक, घरेलु हिंसाका ५७, हत्याका दुई, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी तीन र आर्थिक, सामाजिक, सांस्कृतिकअन्तर्गत एउटा घटना अभिलेख गरिएको छ।