१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

कृषकलाई मौरी र घार वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १२:२३:oo

कृषि ज्ञान केन्द्र भरतपुर चितवनको ५० प्रतिशत आर्थिक सहयोगमा मकवानपुरको राक्सिराङका कृषकलाई मौरी र घार वितरण गरिएको छ।

कृषकको आयआर्जन बढाउन र व्यावसायिक मौरीपालनतर्फ आकर्षण गर्नका लागि खाली घार दुई सय ५५, मेलिफेरा जातको मौरी ६३ घार, सेरेना जातको मौरी २० घार, आधारचाका एक सय २९ किलो र मौरीको आहारा पाँच सय सात किलो वितरण गरिएको हो। भण्डारामा आयोजित एक कार्यक्रमबीच जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उक्त सामग्री हस्तान्तरण गरेका थिए।

सामग्री हस्तान्तरण गर्दै अधिकारीले आवश्यक परामर्श तथा तालिमका लागि विज्ञहरूको सल्लाह लिएर पेसामा दक्ष बन्न किसानलाई अनुरोध गरे। कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेका अनुसार मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ र ७ का १६ जान व्यावसायिक मौरीपालक कृषकलाई महको ब्लक क्षेत्रअन्तर्गत १२ लाख बराबरको अनुदान सामग्री वितरण गरिएको हो।

स्थानीय बासिन्दाको माग र आवश्यकताको आधारमा ज्ञान केन्द्रले अनुदानमा घारसहितका आवश्यक सामग्री वितरण गरेको उनले बताए । ज्ञान केन्द्रमार्फत व्यावसायिक रूपमा मौरीपालन व्यवसाय सञ्चालनका लागि घार वितरणका साथै क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिँदै आएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिए।
 

ad
ad