Skip This
‘क्षमा दिने ठाउँ नरहेको’ भन्दै केसीले मागे देउवाको राजीनामा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १३ बुधबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १३ बुधबार १७:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘क्षमा दिने ठाउँ नरहेको’ भन्दै केसीले मागे देउवाको राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १३ बुधबार १७:३२:oo

कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन्। 

नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै उनले सभापति देउवाको हठका कारण कांग्रेसले सबै असर गुमाएको भन्दै इज्जतपूर्वक नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका हुन्।

उनले सभापति देउवालाई नत्र भने पार्टीको विशेष महाधिवेशन बोलाएर उनलाई पदमुक्त गर्नुको विकल्प नरहेको बताएका हुन्।

'पाँचपटक मुलुकको प्रधानमन्त्री भएका व्यक्तिले मुलुक र आफ्नै पार्टीहरूलाई निचोरेर अट्टहास गरिरिहँदा पनि भूलचूक वश यसो भएको हो भनेर क्षमा दिने ठाउँ अब रहेन,’ उनले भने, ‘सभापतिज्यूले या त सभापति पदबाट राजीनामा दिएर इज्जतपूर्वक हट्नुपर्छ। नत्र भने पार्टीको विशेष महाधिवेशन बोलाएर उनलाई पदमुक्त गर्नु जरुरी भएको छ। सभापतिको गरिमामय पद कसैको मनपरी गर्ने र पार्टीकै हुर्मत लिने पद कदापि हुन सक्दैन।’