१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १२ मंगलबार १७:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यो सरकारलाई विश्वासको मत लिनै कठिन छ : मीन विश्वकर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार १७:२८:oo

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गरेका छन्।

प्रचण्डले कांग्रेसजस्तो लचिलो पार्टीलाई समेत मिलाएर लैजान नसकेको भन्दै उनले ७ राजनीतिक पार्टीहरूलाई मिलाएर विश्वासको मत लिन कठिन हुने तर्क गरे। मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेता विश्वकर्माले यस्ताे धारणा राखेका हुन्।

संघीयता नै नचाहने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा चाहने राप्रपालगायतका राजनीतिक दलहरू रहेकाले वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो रहेको उनले पटक-पटक दोहोर्याए।

‘प्रचण्डजीले आफूलाई केन्द्रमा राखेर कांग्रेसजस्तो लचिलो पार्टी त मिलाउन सक्नुभएन भने यी सबै दलहरू कसरी मिल्लान्? मिलेनन् भने हामीले चाहेको राजनीतिक स्थायित्व आउँछ कि आउँदैन? राजनीतिक स्थायित्व आउनलाई निकै कठिन छ,’ नेता विश्वकर्माले भने।