Skip This
अर्थतन्त्रको स्थिति नियन्त्रणबाहिर छैन : अर्थमन्त्री पौडेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थतन्त्रको स्थिति नियन्त्रणबाहिर छैन : अर्थमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१९:oo

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको स्थिति नियन्त्रणबाहिर नरहेको बताएका छन्। केही समस्या गम्भीर रहे पनि अर्थतन्त्रको परिस्थिति नियन्त्रणबाहिर भने गइनसकेको उनको भनाइ छ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सिएनआई)का पदाधिकारीहरूसँगको भेटमा पौडेलले अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने कुरामा सरकारले ढिलो नगर्ने स्पष्ट पारे। अर्थतन्त्रमा निजी क्षेत्रले व्यहोरिरहेको समस्याबारे सरकार संवेदनशील रहेको उनको भनाइ छ।

अर्थमन्त्री पौडेलले आफूले निजी क्षेत्रका समस्या निजी क्षेत्र नै भएर हेर्ने र निजी क्षेत्रले पनि सरकारका समस्या सरकार भएर हेर्नुपर्ने बताए। उनले निजी क्षेत्रको मनोबल टुटे राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का लाग्ने औँल्याए।

‘निजी क्षेत्रको मनोबल टुट्यो र समस्या समाधान नभए त्यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का लाग्छ। निजी क्षेत्रका समस्या सुन्न राष्ट्र बैंक पनि लागेको छ,’ उनले भने, ‘देशले आर्थिक संकटको अवस्था व्यहोरिरहेको स्थितिमा म निराशा थपेर पठाउन चाहन्नँ। समस्या गम्भीर पनि छन्, काबुबाहिर परिस्थिति गइसकेको छैन।’