१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

९१ देशमा फैलियो कोभिड बिएफ– ७

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:१o:oo

चीनमा दैनिक १० लाखभन्दा बढी संक्रमित

बिएफ– ७ पुष्टि नभएको नेपालमा दैनिक संक्रमणदर लगभग शून्यमा, तर सजगता अपनाउन अपिल

ओमिक्रोन बिए– ५ को सबभेरियन्ट (नयाँ स्वरूप) बिएफ– ७ छिमेकी चीन, भारतलगायत ९१ देशमा फैलिएको छ । विगतका भेरियन्टभन्दा फैलिने दर उच्च र द्रुत रहेको बिएफ– ७ को जिन विश्वका ९१ देशमा फैलिएको अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटले जनाएको छ । 

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)को तथ्यांकअनुसार आइतबार मात्रै १० लाखमा संक्रमण पुष्टि भएको छ । केही समययता देखिएको भारतमा आइतबार एक सय ९६ नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतले अन्य देशबाट भित्रिने यात्रुमा कोभिड परीक्षणमा कडाइ थालेको छ । 

खुला सीमा रहेको भारतमा संक्रमण फैलिन थालेसँगै नेपाल पनि जोखिममा रहेको भन्दै सजगता अपनाउन सरकारले अपिल गरेको छ । हाल नेपालमा भने दैनिक संक्रमण लगभग शून्यमा छ । बिएफ– ७ ले चीन र भारतबाहेक अमेरिका, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियमलगायत देशमा बढी असर गरिरहेको छ । 

हार्वर्ड युनिभर्सिटीका भाइरोलोजिस्ट डा. एरिक डिंगले डेल्टाको तुलनामा बिएफ– ७ को प्रजनन दर झन्डै तीन गुणा बढी रहेको बताएका छन् । ट्विट गर्दै उनले यो एक संक्रमितबाट एकैपटकमा १० देखि १८.६ व्यक्तिमा संक्रमण फैलाउन सक्ने क्षमताको रहेको बताए । उनले लेखेका छन्, ‘यदि एउटा संक्रमित स्वस्थ व्यक्तिहरूको सम्पर्कमा रहेमा एकैपटकमा १८.६ गुणा बढीमा संक्रमण फैलाउन सक्छ । जब कि डेल्टा भेरियन्टको प्रजनन दर ५ देखि ६ गुणा मात्रै छ ।’ बिएफ– ७ ले खोप लगाइसकेका व्यक्तिमा समेत संक्रमण गराएको र यो फैलिएसँगै संक्रमण दर पुनः ह्वात्रै बढेको जनाइएको छ । 

नेपालमा सक्रिय संक्रमित १० जना मात्रै 
नेपालमा सोमबार नौँ सय ३ जनामा परीक्षण गर्दा एकमा मात्रै कोभिड संक्रमण पुष्टि भयो । यो दर ०.११ प्रतिशत मात्रै हो । संक्रमण दर लगभग शून्यमा पुगेको नेपालमा सक्रिय संक्रमित पनि १० जना मात्रै छन् । केही महिनायता मृत्युदर शून्यमा छ । हालसम्म बिएफ– ७ पुष्टि नभए पनि स्वास्थ्य मापदण्ड पालना गरेर सजगता अपनाउन सरकारले अपिल गरेको छ । स्वास्थ्य र गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर भिडभाड नगर्न, मास्क र स्यानिटाइजर अनिवार्य गर्न भनेका छन् । नेपालमा लक्षित जनसंख्याको ९५.७ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबैलाई बुस्टर डोज लगाउन पनि अपिल गरेको छ । 

चीनमा अस्पतालहरू भरिभराउ
चीनले जिरो कोभिड नीति हटाएर लकडाउन खुला गरेसँगै कोभिड संक्रमण दर ह्वात्तै बढेको छ । बिएफ– ७ बाट सबैभन्दा बढी प्रभावित चीन नै भएको छ । दिनमै १० लाखभन्दा धेरै मानिस संक्रमित भएको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)को तथ्यांक छ । यो आइतबारको तथ्यांक हो । संक्रमितको मृत्युसमेत भएको र शवदाहगृहमा लाइन लागेको खबर प्रान्तीय अस्पताललाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

तर, चीन सरकारले पाँच दिनयता कसैको मृत्यु नभएको जनाएको छ । झेजियाङ प्रान्तको सरकारले दैनिक एक लाखभन्दा बढी नयाँ संक्रमित देखिएको र केही दिनमै दोब्बर हुन सक्ने बताएको छ । चीनका चिकित्साविज्ञहरूले बिएफ– ७ का लक्षणहरू ओमिक्रोनसँग मिल्दाजुल्दा रहेको बताएका छन् । संक्रमितमा ज्वरो, खोकी, घाँटी दुखाइ, बान्ता, झाडापखालाजस्ता लक्षण देखिएको उनीहरूले बताएका छन् । 

ad
ad