मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Saturday, 01 August, 2026
२o७९ पौष ११ सोमबार १९:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सभा सदस्यले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार १९:३३:oo

कर्णाली प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ लिएका छन्। 

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले आज दिउँसो प्रदेश सभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले निर्वाचित अन्य सदस्यहरूलाई शपथ गराए। 

छैसठ्ठी वर्षीय ज्येष्ठ सदस्य शाहलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले आजै शपथ ग्रहण गराएका थिए। उनले सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म सभामुख भएर अध्यक्षता ग्रहण गर्नेछन्। 

कर्णाली प्रदेश सभामा कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक र एक स्वतन्त्र गरी ४० प्रदेश सभा सदस्य छन्।

तीमध्ये २४ प्रत्यक्ष र १६ जना समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।