१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सेयर बजारमा उछाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:५७:oo

देशमा नयाँ राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा नेपाली सेयर बजारमा उत्साह छाएको छ। 

अर्थमन्त्री नयाँ आउने भएसँगै सेयर लगानीकर्तामा उत्साह देखिएको हो। पछिल्लो समय निरन्तर रूपमा उतारचढाव भइरहेको नेप्से सोमबार एकाएक ५६.८६ अंक बढेर १९२४.०७ बिन्दुमा पुगेको छ। 

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ८.३८ अंकले, फ्लोट इन्डेक्स ४.५४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.९७ अंकले बढेको छ। सोमबार कारोबारमा आएका दुई सय ५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर दुई अर्ब नाै करोड ७० लाख रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। 

नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। 

जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ६.५२ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत् उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकभने २.२९ प्रतिशत घटेको छ। 

सोमबार आधा दर्जनभन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा गोर्खाज फाइनान्स, सिर्जनशील लघुवित्त, रिलायन्स फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, हिमालयन पावर र घलेम्दी हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, नेपाल टेलिकमको सेयरमूल्य भने ५.५६ प्रतिशत घटेको छ। आज नेपाल टेलिकमको २० करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ। 
 

ad
ad