Skip This
प्रजातन्त्र सेनानी चित्रकारको पुण्यतिथिमा ह्विलचेयर र स्ट्रेचर हस्तान्तरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १० आइतबार ११:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रजातन्त्र सेनानी चित्रकारको पुण्यतिथिमा ह्विलचेयर र स्ट्रेचर हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार ११:३३:oo

प्रजातन्त्र सेनानी स्व. कमल चित्रकारको १३औँ दिनको पुण्यतिथिका अवसरमा ह्विलचेयर र स्ट्रेचर हस्तान्तरण गरिएको छ। शनिबार १३औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभाको अवसरमा प्रदीप्त पुस्तकालयका संरक्षक तेजबहादुर चित्रकारले मछिन्द्र क्लबका अध्यक्ष सुनील कपालीलाई ह्विलचेयर र स्ट्रेचर हस्तान्तरण गरेका हुन्।

काठमाडौं मासँगल्ली– २५ वडास्थित प्रदीप्त पुस्तकालयको भवनमा भएको श्रद्धाञ्जली सभामा काठमाडौं क्षेत्र नम्बर ८ का सांसद विराजभक्त श्रेष्ठले स्वर्गीय चित्रकारले सामाजिक कार्य र सांस्कृतिक सम्पदाको संरक्षणमा पुर्‍याएकाे योगदानको खुलेर प्रशंसा गरेका थिए। चित्रकारको राजनीतिक बाटोलाई पछ्याउँदै आफू यहाँसम्म आउन सफल भएको सांसद श्रेष्ठले सभामा सुनाए।

त्यसैगरी, नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति नीलकाजी शाक्यले समाजसेवी चित्रकारलाई गुमाउँदा समाजलाई ठूलो क्षति पुगेको बताए। काठमाडौंको इन्द्रचोक बहालमा सानो गल्ली त्यसैमाथि सामान किन्नेको भिडले एम्बुलेन्स सजिलै आउन नसक्ने भएपछि बिरामीहरूलाई ह्विलचेयर र स्ट्रेचरमा राखेर सजिलैसँगै छिटो अस्पताल पुर्‍याई उपचार होस् भन्ने हेतुले सहयोग गरिएको परिवारले जनाएका छन्।

चित्रकारको मंसिर २६ गते निधन भएको थियो। चित्रकार प्रदीप्त पुस्तकालयका भूपू अध्यक्ष तथा वर्तमान संरक्षकसमेत थिए। उनी महानगरपालिकाको पूर्वप्रधानपञ्चसमेत हुन्।