Skip This
‘पावर सेयरिङ’को टुंगो लगाउन प्रचण्डलाई रामचन्द्रको आग्रह 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘पावर सेयरिङ’को टुंगो लगाउन प्रचण्डलाई रामचन्द्रको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४९:oo

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ‘पावर सेयरिङ’को टुंगो लगाउन आग्रह गरेका छन्। 

शनिबार बिहान प्रचण्डनिवास खुमलटार पुगेर नेता पौडेलले ‘पावर सेयरिङ’को टुंगो लगाउन आग्रह गरेको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधकारीले जानकारी दिए। 

उनका अनुसार जवाफमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गठबन्धनका अन्य नेताहरूसँग छलफल जारी रहेको र गठबन्धन कायम गर्ने पक्षमा आफू अडिग रहेको बताएका थिए। 

अहिले छलफलमा आएको ‘पावर सेयरिङ’का विषयमा सहमति हुन सके प्रचण्डले पहिलो दुई वर्ष सरकारको नेतृत्व गर्ने र  कांग्रेसबाट पौडेल राष्ट्रपति बन्ने चर्चा छ। सरकार गठनलगायतका विषय टुंग्याउन सत्तागठबन्धनका शीर्ष नेताहरू निरन्तर छलफलमा छन्। प्रधानमन्त्री देउवा र प्रचण्डबीच आज ३ बजे  छलफल हुँदैछ।