१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

विश्वसनीयताको मानक डिजिटल कारोबार : गभर्नर

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:२२:oo

नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ। दार्जुलाको सदरमुकाम खलंगामा शुक्रबार आयोजित कार्यक्रमबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको केन्द्रीय बैंकले जनाएको छ।

सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको बताउँदै डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न कार्यक्रमको सुरुवात गरिएको जानकारी दिए।

‘क्युआर कोडबाट मात्र मासिक ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ। यो आफैँमा उत्साहजनक अवस्था हो। डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नका निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुवात हामीले गरेका हौँ,’ उनले भने।

डिजिटल कारोबारलाई ‘पारदर्शिताको मेरुदण्ड’को संज्ञा दिँदै गभर्नर अधिकारीले यसबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा राखे। सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासका निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए। डिजिटल कारोबारमा आउन सक्ने जोखिमप्रति सचेत रहनसमेत उनले सबैलाई अनुरोध गरे।

ad
ad