१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
गगन अयडी बाजुरा
२o८१ जेठ ८ मंगलबार १३:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा भुवा पर्व सुरु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १३:४८:oo

सुदूरपश्चिमका जिल्लाहरूमा भुवा पर्व सुरु भएको छ। प्रदेशका बाजुरा, बझाङ, अछाम, कैलालीलगायतका जिल्लामा यो पर्व मनाइन्छ। भुवा पर्व पुसेऔँसीदेखि सुरु भई तीनदेखि पाँच दिनसम्म मनाइन्छ।

महाभारतको युद्धमा पाण्डव र कौरवबीचको  गाथामा आधारित यस पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन्। पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिएकाे किंवदन्ती छ।यस पर्वलाई बाजुरामा दसैँ–तिहारपछिको दोस्रो ठूलो पर्वका रूपमा विशेष महत्त्वका साथ मनाइन्छ।

आफन्तसँगको भेटघाट, आपसी सदभाव, मनोरञ्जन र सत्यको जित तथा महाभारतको युद्धलाई केन्द्रमा राखेर भुवा पर्व मनाइन्छ। जिल्लाको बुढीगंगा, बडिमालिका, बुढीनन्दा, त्रिवेणी, खप्तड, छेडेदह र गौमुलका गाउँहरूमा धुमधामसँग मनाइँदै छ। भुवा पर्वमा हरिनु हाल्ने, त्यसको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने, लाखेनाच नाच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ।

जिल्लाका विभिन्न स्थानमा सबै टोलटोलबाट आगाका राँकाहरू बालेर स्थानीय एकै ठाउँमा जम्मा भई भुवा चाली बिहानैदेखि चाली खेल्न सुरु भइसकेको छ। पर्वका अवसरमा प्रदेशका केही जिल्लामा सार्वजनिक बिदासमेत दिइएको छ।

ad
ad